नेपाली स्याटलाइटको विदेशी कम्पनीलाई

नेपाली स्याटलाइटको विदेशी कम्पनीलाई

अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले चार वटा विदेशी कम्पनीलाई सूचीकृत गरेको छ । प्राधिकरणले आवेदन दिएका आठ कम्पनीमध्ये चार वटालाई उक्त कामको निम्ति छनौट गरेको हो ।

छनौट भएका कम्पनीहरुमा फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, युएईको एसथ्री टेल इङ्क र थाइल्याण्डको थाइकम हुन् । प्राविधिक र आर्थिक मूल्याङ्कनको प्राप्ताङ्क क्रमशः ८० र २० कायम गरिएको छ । दुईवटै मूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गरेर छनोट हुने एउटा कम्पनीसँग सम्झौता गरेपछि प्रक्षेपणसम्बन्धी काम शुरु हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि दुई पटकसम्म योग्य कम्पनी फेला नपरेको भन्दै खारेज गरेको सेटलाइट प्रक्षेपणसम्बन्धी ठेक्का प्रक्रिया पुनः थालेको हो । सरकारले सन् २०२२ भित्र अन्तरिक्षमा नेपालको आफ्नै भू उपग्रह प्रक्षेपण गर्ने योजना ल्याएको छ ।

टिप्पणीहरू