टी–२० विश्व कप एसिया छनोट : नेपाली महिला क्रिकेट टोली भुटानसँग खेल्दै

टी–२० विश्व कप एसिया छनोट : नेपाली महिला क्रिकेट टोली भुटानसँग खेल्दै

युएईमा जारी आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट क्रिकेट प्रतियोगितामा आज नेपाली महिला क्रिकेट टोलिले दोस्रो खेल भुटानसँग खेल्दै छ । हिजो हङकङसँग पराजय ब्यहोरेको नेपालले आज भुटानसँग खेल्न लागेको हो ।

नेपाल र भुटानबीचको खेल दुबईमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । पहिलो खेलमा ६ विकेटको पराजय भोगेको नेपाल आज पहिलो जित निकाल्ने तरखरमा देखिन्छ । उता भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराउँदै सुखद् शुरुवात गरेको छ ।

छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् । छनोटमा विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

टिप्पणीहरू