बसको ढोकाबाट चिप्लिएका यात्रु ठहरै

बसको ढोकाबाट चिप्लिएका यात्रु ठहरै

उदयपुरको सदरमुकाम गाईघाटबाट बिराटनगरतर्फ गइरहेको बसबाट लडेर एक जना यात्रुको मृत्यु भएको छ । ना. ६ ख ९२४६ नम्बरको बसको ढोकाबाट लडेर ती यात्रुको मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेमा बिराटनगर बरगाछीका अन्दाजी ३१ वर्षका सिजन शर्मा हुन । आज बिहान ६ बजे सगरमाथा राजमार्गको कदमाह–गाईघाट सडक खण्डमा पर्ने चुरेको जंगलमा उनी बसको ढोकाबाट लडेका हुन् । उनलाई तत्काल उपचारको निम्ति उदयपुर जिल्ला अस्पताल गाइघाटमा पुर्याइएको थियो । तर उपचारको क्रममा शर्माको मृत्यु भएको हो ।

यात्रुको मृत्युपछि त्रियुगा नगरपालिका १२ घर भएका बस चालक २७ वर्षीय मोहमद उल्फत र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

टिप्पणीहरू