तारा बराललाई वीर अस्पतालको इमर्जेन्सी पुर्याइयो

तारा बराललाई वीर अस्पतालको इमर्जेन्सी पुर्याइयो

सामाजिक अभियन्ता तारा बराललाई हिजो साँझ वीर अस्पतालको इमर्जेन्सी पुर्याइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको समर्थन र एमसीसीबिरुध्द नारा,जुलुस र धर्ना गर्दै आएकी बराल एक सातादेखि गुमनाम थिइन् ।

कात्तिक ३० गते भद्रकालीमा आमरण बस्न खोज्दा प्रहरीले पक्रेपछि बराल गुपचुप रुपमा विभिन्न माग राखेर बिजुलीबजारको एउटा घरमा आमरण बसेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि हिजो साँझ वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याएर उपचार थालिएको बताइएको छ ।

उनले सर्वोच्च अदालतको इजलास तत्काल सुचारु गर्न,एमसीसी सम्झौता पूर्णरूपमा खारेज गर्न र महिला अभियन्तामाथि दुर्ब्यवहार र दुर्वचन लगाएका नेपाल बारका सदस्यहरुलाई कारबाहीको माग राखेर बिजुलीबजारको एउटा घरमा आमरण अनसन थालेकी हुन् । अमेरिकामा रहेका सुरेन्द्र खत्रीको घरको चौथो तलामा उनी कात्तिक ३० गते बेलुकीदेखि गोप्य रुपमा आमरण अनसन बसेको बताइन्छ ।

उनी यसअघि पनि त्यही घरमा बस्दै आएको बराल निकट एक जनाले बताए ।

टिप्पणीहरू