सुर्खेतमा देउवा समूह फुट्यो

सुर्खेतमा देउवा समूह फुट्यो

सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । क्षेत्रीय सभापतिका निम्ति संस्थापनपक्ष अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवा निकट समूहमा फुट आएपछि तीन जनाको उम्मेदवारी परेको हो ।

संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट ललित भट्टराईले उम्मेदवारी दिएका छन् । देउवा समूहबाट भने दुई जनाको उम्मेदवारी परेको छ । उक्त समूहबाट सभापतिमा लालवीर भण्डारीले उम्मेदवारी दिएका छन् ।

देउवा समूहबाटै इन्द्र रावल पनि सभापतिमा उठेका छन् । उनले देउवा समूहबाट विद्रोह गरेर सभापतिमा उम्मेदवारी दिएको बताइन्छ । क्षेत्रीय पदाधिकारी र महाधिवेशन प्रतिनिधिको लागि आज बाबिया चौरमा निर्वाचन हुँदैछ ।

टिप्पणीहरू