प्रधानमन्त्री देउवाबाट भएको अर्को गल्ती

प्रधानमन्त्री देउवाबाट भएको अर्को गल्ती

प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि कानुन उल्लंघन गर्नुभएको छ । नेपालको प्रचलित कानुनले तोकेको व्यवस्था विपरीत उहाँले गम्भीर गल्ती गर्नुभएको हो । गत शुक्रबार उहाँले काठमाडौंको मण्डिखाटारमा भारतीय योगगुरु रामदेवको नेपाली भाषाको पतञ्जलि र आस्था टेलिभिजन उद्घाटन गर्नुभएको हो ।

मुलुकको सञ्चार माध्यममा वैदेशिक लगानी प्रतिबन्धित छ । अन्य क्षेत्रमा विदेशी लगानीलाई स्वागत गरे पनि सञ्चार माध्यममा विशुध्द नेपाली लगानी हुनुपर्ने व्यवस्था छ । तर प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको उक्त टेलिभिजनमा भारतीय लगानी रहेको,नेपालको कानुनबमोजिम दर्ता नभएको र दर्ता प्रक्रियामा समेत नरहेको पाइएपछि उहाँको कदम विवादमा तानिएको हो ।

कानुनी रुपमा अयोग्य ठहरिएको टेलिभिजनको मुलुकका प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुको रोहबरमा उद्घाटन गर्नुभएको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसूचीको बुँदा नम्बर ७ मा उक्त प्रतिबन्ध स्पष्टसँग उल्लेख छ ।

जसमा भनिएको छ–आमसञ्चारका माध्यमहरु (पत्रपत्रिका,रेडियो, टेलिभिजन र अनलाइन समाचार) को व्यवसाय,राष्ट्र भाषाको चलचित्र व्यवसायमा विदेशी लगानी प्रतिबन्ध गरिएको छ ।

टिप्पणीहरू