यौनकाण्डमा पुलिसलाई आम्दानी

बझाङ सदरमुकाम छेउको सिमेखत बजारमा यौन व्यवसाय गरिरहेका दुई जनाको आन्तरिक झगडाले डिएसपीको सरुवा गराएको छ । एमडी प्लाजा नामक होटलमा तराईबाट केटी राखी लामो समयदेखि यौन व्यवसाय गर्दै आएका सुवाष जोशी र हालै होटलको माथिल्लो तला भाडामा लिएर व्यवसाय शुरु गरेका किशोर नामक एक युवाको आपसी द्वन्द्वको फाइदा उठाएर खर्च चलाउन खोजेका डिएसपी क्रृषिराम क“डेल हेडक्वार्टर तानिएका हुन् । 

किशोरले दुई महिनाअघि सुवाषकोमा काम गर्ने भावना क्षत्रीलाई फकाएर आफ्नो होटलमा काम गर्न लगाएका थिए । भावनाको परिवारलाई लागेको ७० हजार ऋण एकमुष्ट तिरिदिएका किशोरले आफ्नोभन्दा सुवाषको होटलमा बढी ग्राहक आउन थालेपछि तल्लो तलाबाट उनलाई हटाउने षड्यन्त्र बुन्न थाले । 

त्यहीअनुसार उनले घरबेटीलाई सुवाषले दिएको भन्दा दोब्बर भाडा दिने प्रलोभन देखाए । घरबेटीले पनि सुवाषलाई होटल छोडाउन खोजे तर पहिले नै ५ वर्षको सम्झौता भएकाले जबर्जस्ती गरे कानुनी उपचार खोज्ने कुरा सुवासले गरेपछि घरबेटी हच्किए । 

त्यसपछि किशोरले भावनालाई प्रयोग गरे र आफूलाई जबर्जस्ती यौन कार्य गर्न लगाएको भनेर मुद्दा हाल्न लगाए । सुवाषको नाममा मुद्दा नहाले पहिले दिएको ७० हजार तुरुन्त फिर्ता गर्न भन्दै सही नगरेसम्म एक दिनभरि भावनालाई होटलकै कोठामा थुने । मुद्दा हाले त्यो ऋण मिनाहा गर्ने बताएपछि भावना राजी भइन् । निरक्षर भावनाले किशोरले तयार गरेको कागजमा हस्ताक्षर गरिन् । (भावनाको अडियो रेकर्ड जनआस्थास“ग सुरक्षित छ)

भावनाको मुद्दा परेपछि मुद्दा शाखाका रणधीर जैशीले रकम असुल्ने उपाय खोजे, मुद्दा दायर भएलगतै सुवाष र उनकी सहयोगी निर्मला चौधरीलाई नियन्त्रणमा लिएर पैसाको बार्गेनिङ शुुरु भयो । यसबीच सुवाषले मुद्दा हाल्ने भावनालाई किशोरको ७० हजार आफूले तिरिदिने बताउँदै उनको दबाबमा नपर्न भनेपछि भावना मुद्दा फिर्ता लिन तयार भइसकेकी थिइन् । 

तर, रणधीरले ५ लाख नतिरे मानव शरीर बेचविखनको मुद्दा चलाउने बताए । सुवाषले यस विषयमा डिएसपी क“डेलसमक्ष कुरा राखे । डिएसपीले पनि ‘कमाएकै छौ अलिअलि खर्च त मिलाउनुप¥यो नि !’ भनेपछि सुवाषले २ लाखभन्दा बढी दिन नसक्ने बताए । कुरा मिल्यो । भावना र सुवाषबीच मिलापत्र गरेर प्रहरीले छाडिदियो । 

 ‘५ लाख दिनुपर्छ भनेर दबाब दिइरहेका थिए । त्यति दिन सक्ने हैसियत छैन । मैले गल्ती गरेको छैन भनेपछि बार्गेनिङ गर्दा २ लाखमा कुरा मिल्यो’, जोशीले भने, ‘मैले र पार्टनरले घरबाट मगाएर दुई लाखको चेक काटी दिएका हांै । रणधीरले जिल्ला प्रहरी कार्यालयको भवन बनाउने ठेकेदार प्रेमबहादुर सिंहको नाममा चेक काट्न लगाएका थिए’, उनले झ्यालखाना पर्दा सामाजिक बेइज्जती हुने भएकाले घुस दिन बाध्य भएको बताए । 

प्रहरी नायब निरीक्षक रणधीर जैशीले आफूले रकम नलिएको बताउँदै सुवाष जोशीले ठेकेदारबाट लिएको सापटी फिर्ता गरेको जानकारी दिए । उनले भने, ‘सुवाष पक्राउ परेको थाहा पाएपछि आफ्नो ऋण असुल गरिदिन भनेकाले उठाइदिएका हौं, हामीले घुस खाएका होइनौं ।’ यता, सुवाष जोशीले जिल्ला प्रहरी कार्यालयको भवन बनाउने ठेकेदारलाई आफूले कहिले पनि नचिनेको र उनको नामसमेत थाहा नभएको बताए । 

रणधीरले गत वर्षको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनताका केदारस्यु“ गाउ“पालिका घर भएकी एक जना म्यादी प्रहरी महिलालाई बलात्कार गरेर पछि ३ लाखमा कुरा मिलाएको चर्चा बाहिर आएको थियो । यो घटना मिलाउनमा पनि डिएसपी क“डेलको हात रहेको बताइन्छ । 

जनआस्थालाई प्राप्त रणधीर र जोशीबीचको टेलिफोन संवादमा रणधीरले आफूले पैसा नखाएको, डिएसपी ऋषिराम क“डेलले लिएको र आफूलाई बीचमा तनाव भएको आशयको कुराकानी गरेका छन् । उनले भनेका छन्, ‘तिमी र म स“गै भएर डिएसपीस“ग कुरा गर्नुपर्छ । म बीचमा परेर तनाव भइरहेको छ ।’ यता विश्वस्त प्रहरी स्रोतले जोशीबाट मुद्दाफा“ट हेर्ने रणधीर जैशीले दुई लाख लिएको र यसमा १ लाख ५० हजार डिएसपी क“डेल र ५० हजार जैशीले बा“डेर खाएको जानकारी दिएको छ । 

पत्रकारलाई खाम 

प्रहरीले रकम असुलेको कुरा स्थानीय केही रेडियोले बजाएपछि डिएसपीले पत्रकारको मुख बन्द गर्न १० हजारका दरले वितरण गर्न लगाएको सुनिन्छ । सइ रामसिंह बोहराले डिएसपी साबले सरुवा हुँदा छाडेको चियापानी भन्दै ६/७ जना पत्रकारलाई खाममा हालेर बाँडेका थिए । 

टिप्पणीहरू