पुलले दुई जिल्ला जोडेपछि एक घन्टाको पैदलयात्रा पाँचै मिनेटमा

पुलले दुई जिल्ला जोडेपछि एक घन्टाको पैदलयात्रा पाँचै मिनेटमा

बागलुङको बागलुङ नगरपालिका–४ कुँडुलेदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुल हिजो शिलान्यास गरिएको हो ।

सांसद भूपेन्द्रबहादुर थापाले शिलान्यास गरेको उक्त पुलबाट दुवै जिल्लामा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यस्तै, स्थानीयवासीले उक्त पुलबाट स्थानीय पञ्चकोट शालग्राम सङ्ग्रहालयलगायत म्याग्दी,बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुने बताएका छन् । अब पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिने छ ।

टिप्पणीहरू