इच्छाराजको नाममा ३५ दिने सूचना

इच्छाराजको नाममा ३५ दिने सूचना

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सुन्धारास्थित सिटिसी मलको भवन कर्मचारी सञ्चय कोषले लिलाम गर्ने भएको छ । कोषले आज ३५ दिने सूचना जारी गर्दै सो कुरा बताएको हो ।

सिभिल इस्टेट्स प्रालिलाई आफूसँग लिएको ऋणको सावाँ र ब्याज ३५ दिनभित्र भुक्तानी गर्न अल्टिमेटम दिँदै कोषले अन्यथा भवन लिलाम गर्ने बताएको हो । तामाङले काठमाडौँको सुन्धारामा रहेको ६ रोपनी जग्गा र त्यसमा बनेको ८२ हजार ९५ वर्गफिटको सिटिसी मल भवन धितोमा राखेर सिभिल स्टेट्स् प्रालिका नाममा सञ्चय कोषबाट ऋण लिएका थिए ।

तर, उक्त ऋण तिर्न पटक-पटक ताकेता गर्दा पनि बेवास्ता गरिएकाले धितोका रुपमा रहेको भवन तथा जग्गा लिलामी गर्नु परेको कोषले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । तामाङ अहिले केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् । उनी हिरासतमा रहेका बेला साँवा र व्याज चुक्ता गर्ने अवधि नाघिसकेको छ ।

कोषले सञ्चालकहरु इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, प्रविण मुखिया र जमानीकर्ताहरु इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, प्रविण मुखिया, लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान र सुमन नन्दन वैद्यको नाममा आज ३५ दिने सूचना निकालेको हो ।

टिप्पणीहरू