अब विदेशबाट गहना ल्याउन नपाइने

अब विदेशबाट गहना ल्याउन नपाइने

भन्सार विभागले विदेशबाट आउने नेपालीहरुलाई सुन लिएर नआउन आग्रह गरेको छ । गहनाका नाममा सुन ल्याउने क्रम बढेको भन्दै विभागले यस्तो आग्रह गरेको हो ।

विदेशबाट आउनेले भन्सार नतिरेको ५० ग्रामसम्मका सुनका गरगहना ल्याउन पाउने व्यवस्था छ । तर, धेरै नेपालीले विदेशबाट चुरा लगायतका गरगहनाको रुपमा सुन ल्याउने गरेका छन् ।

सुनको स्पष्ट घोषणा नगरिएको तथा सुनलाई गहना भनी राजस्व छल्ने नियतले सुन साथमा ल्याएको पाईएमा प्रचलित कानून बमोजिम कार्वाही हुने विभागले चेतावनी दिएको ।

गत मङ्सिर १ गते नै एक सूचना जारी गर्दै विभागले गहनाका नाममा सुन ल्याउनेहरुलाई सचेत गराएको हो ।

टिप्पणीहरू