कमसल औषधी बिक्रीमा रोक

कमसल औषधी बिक्रीमा रोक

नेपाली औषधि उत्पादक कम्पनी केमिड्रग इन्ड्रष्ट्रिजले उत्पादन गरेको एउटा औषधि न्यून गुणस्तरको फेला परेको छ । औषधि व्यवस्था विभागद्वरा गरिएको बजार अनुगमनको क्रममा उक्त कम्पनीले उत्पादन गरेको सेपोब्याक्ट ड्राइ सिरप गुणस्तरहीन फेला परेको हो ।

विभागले तत्कालका लागि सो औषधिको प्रयोगमा रोक लगाउने निर्देशन दिएको छ । साथै, त्यसको बिक्री तथा प्रयोग नगर्न सबैमा अनुरोध समेत गरिएको छ ।

विभागले ती औषधि बिक्री नगर्न र बजारबाट फिर्ता ल्याउन कम्पनीलाई निर्देशन समेत दिएको छ ।

टिप्पणीहरू