ललितपुरमा शनिबार बाहेक अरु दिन खोप

ललितपुरमा शनिबार बाहेक अरु दिन खोप

ललितपुर महानगरपालिकाले शनिबारबाहेक बाँकी सबै दिन कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप लगाउने बताएको छ ।

आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकाको जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था गरिएको छ ।

ललितपुर महानगर लगातार कोरोनाविरुद्धको खोप सञ्चालन गर्ने पहिलो स्थानीय तह भएको बताइएको छ ।

टिप्पणीहरू