शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो नयाँ पाठ्यक्रम

शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो नयाँ पाठ्यक्रम

शिक्षक सेवा आयोगले विभिन्न तहका विषय समेटेर नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले विज्ञापन खोल्ने तयारी गर्दैगर्दा पाठ्यक्रम सार्वजनिक गरेको हो ।

परीक्षाको तयारीमा रहेकाहरुलाई सहज बनाउन आयोगले विज्ञापन अघि नै पाठ्यक्रम सार्वजनिक गरेको बताइन्छ । नमुना प्रश्नपत्रसहित प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका विभिन्न विषयका पाठ्यक्रमहरु आयोगले वेबसाइटमा राखेको छ ।

आयोगले मंसिर दोस्रो साता नयाँ शिक्षक भर्नाको विज्ञापनसमेत खुलाउने भएको छ । आयोगले सार्वजनिक गरेको नयाँ पाठ्यक्रममा प्राथमिक तहको पाठ्यक्रम, माध्यमिक तह न्याय विषयको पाठ्यक्रम २०७८, निम्नमाध्यमिक तह गणित विज्ञान विषयको पाठ्यक्रम २०७८ समावेश गरिएको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/11/getfiles.pdf”]

टिप्पणीहरू