नेपालद्धारा हङकङलाई १ सय ५ रनको लक्ष्य

नेपालद्धारा हङकङलाई १ सय ५ रनको लक्ष्य

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा आज नेपाली महिला क्रिकेट टोलीले हङकङसँग प्रतिष्पर्धा गरिरहेका छन् । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट सुरु भएको खेलमा नेपालले हङकङलाई १ सय ५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याडिङ्गको निम्तो पाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा ओपनर कबिता कुँवरलाई शुन्य रनमा तथा सात ओभर पाँच बलको खेल सकिँदा २४ बल खेलेर ४ रन जोडेकी काजल श्रेष्ठलाई दोस्रो विकेटको रुपमा गुमाएको थियो ।

त्यसपश्चात सिता मगर र इन्दु बर्माले नेपाली इनिङ सम्हालेका थिए । सो क्रममा उनीहरुले ७१ रनको महत्वपूर्ण साझेदारी गरे । तेस्रो विकेटका लागि सिताले ४० तथा इन्दुले ३१ रन जोडे । अन्तिम बल खेल्न मैदान उत्रेकी कप्तान रुविना क्षेत्रीले २ रन जोडिन् ।

नेपाललाई सस्तैमा रोक्न हङकङकी क्यारी र आईक्यूर सहरले समान १ विकेट हात पारे । नेपालविरुद्ध जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रेको हङकङ अहिले जवाफी ब्याटिङ गरिरहेको छ । छैठौँ ओभरको खेल चलिरहँदा हङकङले १ विकेटको क्षेतिमा २७ रन बनाएको छ ।

टिप्पणीहरू