टी–२० विश्वकपमा छानिन नेपाल र हङकङ भिड्दै

टी–२० विश्वकपमा छानिन नेपाल र हङकङ भिड्दै

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले अहिले हङकङसँग खेलिरहेको छ । टस हारेर पहिले ब्याडिङ्गको निम्तो पाएको नेपालले कमजोर सुरुवात गरेको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा बिहान सवा ११ बजेबाट सुरु भएको खेलको पहिलो १२ ओभर सकिदाँ नेपालले दुई विकेटको क्षेतिमा ४९ रनको योगफल तयार पारेको छ । नेपालका लागि ओपनर कबिता कुँवर शुन्य रनमै पेवेलियन फर्कदा काजल श्रेष्ठ २६ बल खेल्दै ४ रन जोडेर आउट भईन् ।

सुरुआति दुई विकेट गुमाएपछि दबाबमा आएको नेपाली इनिङ सिता मगर र इन्दु बर्माले सम्हालिरहेका छन् । सिताले २५ रन तथा इन्दुले ७ रन बनाएर खेलिरहेका छन् ।

टी–२० विश्वकप एसिया छनोटमा नेपालले हङकङसहित आयोजक यूएई, भुटान, मलेसिया र कुवेतसँग खेल्ने छ । राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले दोस्रो खेलमा भोलि भुटानसँग खेल्ने छ भने बिहीवार कुवेतसँग, शुक्रवार मलेसियासँग र आइतवार यूएईसँग खेल्ने छ ।

टिप्पणीहरू