राष्ट्रपति भण्डारी पूजाआजाको निम्ति महोत्तरी प्रस्थान

राष्ट्रपति भण्डारी पूजाआजाको निम्ति महोत्तरी प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी महोत्तरीको जलेश्वरतर्फ लाग्नुभएको छ । उहाँ भर्खरै नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ जानुभएको हो ।

राष्ट्रपति आज तीन चार वटा कार्यक्रममा सहभागी हुन महोत्तरी आउन लाग्नुभएको त्यहाँको सुरक्षा स्रोतले बताएको छ । राष्ट्रपतिले आज त्यहाँ एउटा रंगशाला उद्घाटन र राष्ट्रिय संस्कृत विद्यालयको अवलोकन गर्नुहुनेछ । नवनिर्मित रंगशाला मटियानी नगरपालिकामा रहेको छ ।

साथै, लक्ष्मीनारायण मन्दिर अगाडिको जलसागर अवलोकन र जलेश्वर महादेवस्थानमा पूजाआजा गरेर आजै उहाँ राजधानी फर्कने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

टिप्पणीहरू