कर्णालीमा प्रधान सेनापतिको कुदाकुद

कर्णालीमा प्रधान सेनापतिको कुदाकुद

प्रधानसेनापति प्रभुराम शर्मा हिजोदेखि कर्णाली प्रदेशको भ्रमणमा हुनुहुन्छ । उहाँले हिजो सुर्खेतस्थित पश्चिम कमाण्ड मुख्यालयको निरीक्षण भ्रमण गर्नुभएको थियो । आज पनि उहाँको मुकाम सुर्खेत नै रहेको छ ।

हिजो कमाण्ड मुख्यालय निरीक्षणको क्रममा उहाँले फौज तैनाथीको अवस्था,जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना,प्रदेशहरुसँगको समन्वय तथा सामूहिक तालिम सञ्चालनको अवस्थालगायतका विषयमा जानकारी लिनुभएको थियो ।

प्रधानसेनापति शर्माले हिजै कर्णालीका प्रदेशप्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गर्नुभएको छ । भोलिसम्म त्यतै व्यस्त रहनुहुने शर्माले आज कालिकोटस्थित समशेर गुल्म,हुम्लास्थित बराहदल गुल्म र मुगुस्थित श्रीबक्स गुल्मको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

भोलि जुम्लास्थित नम्बर २४ बाहिनी अड्डा र डोल्पास्थित रामवाण गुल्मको निरीक्षण भ्रमण गरेपछि सोझै काठमाडौं फिर्ता हुने र १२-१३ गते पोखरा जाने कार्यक्रम गत हप्ता उहाँ पूर्वमा हुनुहुन्थ्यो ।

टिप्पणीहरू