विप्लवले आज पनि घेरे आयल निगम

विप्लवले आज पनि घेरे आयल निगम

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा नेकपा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीका जनवर्गीय संगठनहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । उनीहरुले निगमको टेकुस्थित कार्यालय घेरेका हुन् ।

आजको कार्यक्रम अखिल नेपाल महिला संघकी अध्यक्ष बन्दु चन्दको नेतृत्वमा भएको हो । घेराउमा अखिल क्रान्तिकारीका महासचिव मिलन राई लगायत दुई दर्जनको उपस्थिति रहेको बताइन्छ ।

प्रदर्शनकारीले मूल्यवृद्धि खारेज गर, जनतामारा दलालहरु होशियार, नालायक सरकार मुर्दावाद, एकीकृत जनक्रान्ती जिन्दावाद, आयल निगमका भ्रष्ट कर्मचारी राजीनामा देलगायत नारा लगाएका छन् ।

टिप्पणीहरू