इच्छाराज तामाङ्गका सिइओलाई खोरमै मुटुको खराबी

इच्छाराज तामाङ्गका सिइओलाई खोरमै मुटुको खराबी

सिभिल सहकारीका सयौं निक्षेपकर्ताको ७ अर्बभन्दा बढी रुपैयाँ तलमाथि पारेको अभियोगमा बैंकर तथा घरजग्गा व्यवसायी इच्छाराज तामाङको समूह असोज १७ गतेदेखि प्रहरी हिरासतमा छ । केन्द्रीय अनुसन्धान ब्युरोको थुनुवा कोठामा रहेका नौ जना पुरुष र महाराजगञ्ज वृत्तमा रहेका दुई जना महिलामाथि डेढ महिनादेखि अनुसन्धान जारी छ ।

उनीहरुलाई प्रहरीले जिल्ला अदालतबाट म्याद थपिथपी ६० दिनसम्म थुन्न पाउने कानूनी ब्यवस्था छ । इच्छाराजहरुमाथिको अनुसन्धान अब अन्तिम चरणमा पुगेको बताइन्छ । उनीहरुको अनुसन्धान प्रहरी र सम्पत्ति शुध्दिकरण अनुसन्धान विभाग दुबैतिरबाट एकैचोटी भएको हो । प्रहरीले अनुसन्धान सकाएपछिको विवरण शुध्दिकरण विभागलाई समेत बुझाउने तयारी रहेको बताइन्छ ।

‘उनीहरुले जोडेको घर, जग्गा,गाडी,सेयर र बैंक मौज्दातमा नियमानुसारको कर तिरेको,बैध आम्दानी गरेको समेत नपाइएकाले विभागले छुट्टै मुद्दा दर्ताको तयारी गरेको छ ।’

यसबीच प्रहरी खोरमा रहेकामध्ये सहकारीका सीईओ केशवलाल बिरामी परेका छन् । मुटुका रोगी केशवलालबाहेक अरु १० जना भने तन्दुरुस्त नै देखिएको प्रहरी स्रोतले बताएको छ । तामाङचाहिँ हिरासतमा रहेका अरुलाई प्रहरीले जति दिन थुने पनि अदालतबाट छुट्नेमा ढुक्क हुन ढाडस दिँदै गफमा व्यस्त हुने गरेका छन् ।

यता,सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागले भने पक्राउ परेकामध्ये आधाभन्दा बढीको सम्पत्ति शंकास्पद देखिएको बताएको छ । पक्राउ परेकामध्ये केहीले एकाध वर्षमा करोडौं रुपैयाँको सम्पत्ति जोडेको अनुसन्धानबाट खुलेको विभागीय स्रोतले जनआस्थालाई बतायो ।

स्रोत भन्छ,‘उनीहरुले जोडेको घर, जग्गा,गाडी,सेयर र बैंक मौज्दातमा नियमानुसारको कर तिरेको,बैध आम्दानी गरेको समेत नपाइएकाले विभागले छुट्टै मुद्दा दर्ताको तयारी गरेको छ ।’

टिप्पणीहरू