विष्णुले लगेको,बालकृष्णले तानेको

विष्णुले लगेको,बालकृष्णले तानेको

हिजो बिहान सबेरै प्रहरी प्रमुख शैलेश थापा क्षेत्री इन्टरपोलको बैठकमा भाग लिन टर्कीको इस्तानबुलतर्फ लागेपछि यता उच्च प्रहरी अधिकृतको सरुवाको सूची भटाभट सार्वजनिक गरिएको छ । दुई दर्जन एसपी,चार जना एसएसपी र तीन जना डिआईजीको सरुवा भएको छ ।

तीन जनाको सरुवा भए पनि मुख्यतः डिआईजी एक जना मात्र घानमा परेको बताइन्छ । बसन्तकुमार लामालाई प्रबन्धमा लगिएको छ भने प्रबन्धका प्रकाश अधिकारीलाई लुम्बिनी प्रदेश र लुम्बिनीका मुकुन्द आचार्यलाई बेला नपुग्दै काठमाडौं तानिएको छ ।

डिआइजी मुकुन्दलाई तत्कालीन अर्थ तथा गृहमन्त्री विष्णु पौडेलले लुम्बिनी लैजानुभएको थियो । अहिलेका गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीका हुनुहुन्छ । एमाले उपमहासचिव पौडेल पनि सोही जिल्लाको भएकाले अहिले खाँण र पौडेलको तानातानमा मुकुन्द परेको बताइन्छ ।

आचार्यलाई लागु औषध नियन्त्रण ब्युरोमा ल्याइएको छ । यता एक महिनामै सरुवा संशोधन गर्दै केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी सुदीप गिरीलाई काठमाडौंको प्रमुख बनाइएको छ ।

काठमाडौंका अशोक सिंहलाई भैरहवा विमानस्थल तोकेर सरुवाको चिठी च्यातिए पनि अहिले भरतपुर तालिम केन्द्र पठाइएको छ ललितपुरकी एसएसपी किरण बज्राचार्यलाई हेडक्वार्टर तानेर यज्ञविनोद पोख्रेलबाट बदली गरिएको छ । बज्राचार्यको ललितपुर पोष्टिङ भएको एक वर्ष पुगेकाले प्रधान कार्यालय सरुवा गरिएको बताइन्छ ।

टिप्पणीहरू