बलात्कार अब झन् बढ्छन

झण्डै पाँच वर्ष जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत मेनुका गौतम कोइरालाले डेढ वर्षको बच्चालाई नजिकै राखेर आफ्नै ओछ्यानमाथि पासो लगाई आत्महत्या गरिन् । 

श्रीमान् माल्टामा कार्यरत छन् । उनी पनि ८ दिनपछि उतै जाँदै थिइन् । डेढ वर्षको कलिलो छोरालाई छाडेर किन आत्महत्याको बाटो रोजिन् अझै खुल्न सकेको छैन । भदौ १ गते देखि कार्यान्वयन हुने नयाँ कानुनले जबर्जस्ती करणीका घटनामा वृद्धि गर्ने विश्लेषण हुन थालेको छ ।

श्रीमान्लाई वैवाहिक बलात्कारमा उजुर दिने श्रीमतीहरूको संख्या बढ्दो छ । हाडनाता करणीमा हद म्याद नहुने, बलात्कारमा एक वर्षसम्म हद म्याद हुने भएकोले पनि यस्ता प्रकृतिका घटना बढ्नेछन् । सहमति हुँदासम्म सम्बन्धमा रहने र दरार आउनेबित्तिकै बलात्कार हुने भएपछि प्रहरीसमेत अनुसन्धानमा आजित हुन थालेको छ । विद्यालय गएका बालबालिका प्रेमीसँग भाग्दै छन् । २० वर्ष नपुगी बिहे गर्न पाइँदैन । १४ वर्षमा प्रेम गरेर भाग्ने बालबालिकाको समूह थपिँदै गएको छ । बाबुहरू छोरी अपहरणको मुद्दा लिएर प्रहरीकोमा धाएको धायै छन् । 

९ वर्षीया बालिका फुपूलाई बलात्कार गरेको देखेपछि भाग्दै गर्दा बलात्कृत हुन्छिन् र मारिन्छिन् । अपराधले सीमा नाघेको छ । राजधानीनजिकको काभ्रेमा अघिल्लो वर्ष ज्यानसम्बन्धी ७६ वटा घटना भएकोमा बढेर ९० पुगेको छ । प्रहरी प्रमुख एसपी रविराज खड्काका अनुसार आत्महत्या गर्नेहरूको संख्या १ सय ३६ छ । महिला तथा बालबालिकासम्बन्धी घटना ४५ वटाबाट ६९ पुगेको छ भने सवारीसम्बन्धी घटना ३२ बाट ४८ पुगेको छ ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू