सांसद जीवनरामलाई अवार्ड

सांसद जीवनरामलाई अवार्ड

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जिवनराम श्रेष्ठ ओलम्पिक काउन्सिलको अवार्डबाट विभुषित भएका छन् ।

संयुक्त अरब इमिरेट्सको दुबइमा भएको ओलम्पिक काउन्सिल अफ एसियाको ४० औं महासभामा श्रेष्ठलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मेरिट अवार्ड प्रदान गरिएको हो ।शुक्रबारदेखि भएको महासभामा श्रेष्ठलाई त्यहाँका युवा तथा खेलकुद मन्त्री र ओसिएका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले उक्त सम्मान प्रदान गरेको बताइएको छ ।

महासभामा नेपालको तर्फबाट श्रेष्ठसँगै ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ सहभागी छन् ।

टिप्पणीहरू