प्रकृतिको बीचमा साइकलमार्ग

प्रकृतिको बीचमा साइकलमार्ग

बेल्जियममा प्राकृतिक वातावरणसँग मेलखाने एउटा अद्वितीय साइकल अनुभव लिन सकिने भएको छ । त्यहाँको लिम्बर्ग प्रान्तको संरक्षित क्षेत्रमा रहेको ७ सय मिटर लामो साइकल मार्गमा साइकल चलाउँदै चालकहरूलाई रूखको टुप्पोमा पुर्याउने उद्देश्यले जमिनभन्दा १० मिटरको उचाइसम्म लैजाने व्यवस्था समेत गरिएको छ ।

दुई वर्षअघि खोलिएको उक्त साइकलमार्ग पैदलयात्रीको लागि समेत पहुँचयोग्य बनाइएको छ । यसले आगन्तुकलाई प्रकृतिको शोभा र विविधि खालका प्राकृतिक अन्वेषण गर्ने अवसरसमेत प्रदान गरेको बताइन्छ ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू