भोलिदेखि मानवअधिकार चलचित्र महोत्सव

भोलिदेखि मानवअधिकार चलचित्र महोत्सव

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नवौँ संस्करणको आयोजना हुने भएको छ । मानवअधिकार फिल्म केन्द्रले नवौं नेपाल मानवअधिकार अन्तराष्ट्रिय भर्चुअल चलचित्र महोत्सव २०२१ को आयोजना गर्न लागेको हो ।

कोरोनाको जोखिम कायमै रहेकाले महोत्सव भोलिदेखि आगामी बिहीबारसम्म भर्चुअल माध्यमबाट गर्न लागिएको बताइएको छ । महोत्सवमा २४ मुलुकका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, लघु चलचित्रका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने छ ।

चलचित्रसँगै मानवअधिकारकर्मी र कलाकारहरुको अन्तरक्रिया कार्यक्रमसमेत राखिएको बताइएको छ । महोत्सवमा नेपाली चलचित्रहरुबीच प्रतिस्पर्धा समेत हुनेछ । उत्कृष्ट चलचित्रलाई पुरस्कार वितरण दिइने आयोजकले जनाएको छ ।

टिप्पणीहरू