आज २ सयबढी संक्रमित, एक जनाको मृत्यू

आज २ सयबढी संक्रमित, एक जनाको मृत्यू

आज मुलुकभर दुई सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । सात हजार आठ सय ४५ जनामा पीसीआर तथा एक हजार दुई सय ७८ जनामा एन्टिजेन गरी नौ हजार एक सय २३ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, आज तीन सय ७० जना संक्रमणमुक्त भएका छन् । एक जनाले संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । मुलुकभर अझै सात हजार एक सय ६४ जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ९६ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत देखिएको छ ।

हाल काठमाडौंमा चार सय ६६ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ५८ र ललितपुरमा पाँच सय ५३ जना संक्रमित रहेको बताइएको छ ।

टिप्पणीहरू