नेप्से परिसूचकमा गिरावट

नेप्से परिसूचकमा गिरावट

साताको पहिलो दिन आज सेयरबजार ओरालो लागेको छ । आज सेयरबजार मापक नेप्से परिसूचक ११.६० अंकले घटेको छ । बजार खुल्ने बितिक्कै घटेको सेयरबजार कारोबारक अन्तिम समयमा ११.६० अंकले घटेर २ हजार ७ सय ५७.५३ अंकमा अडिएको छ ।

गत साताको अन्तिम कारोबारको दिन बिहीबार ३२.३९ अंकले कमी आएको थियो । बिहीबार नेप्से २ हजार ७ सय ६९.१३ अंकमा सीमित भएको थियो । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स पनि ३.७५ प्रतिशत घटेर ५ सय १८.२५ अंकमा झरेको छ । त्यस्तै फ्लोट इण्डेक्स ०.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले घटेको छ ।

आज २ सय २५ कम्पनीको ७८ लाख ९४ हजार ४ सय ६८ कित्ता सेयर कारोबार भएको छ । जसमा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३ सय १९ रुपैयाँ बराबरको कारोबार भएको हो । तीमध्ये ७० वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ १४ कम्पनीको मूल्य स्थिर देखिन्छ ।

नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहबाहेक अन्य सबै राताम्मे भएका छन् । जलविद्युत १३.२१ र उत्पादन तथा प्रशोधन उपसमूह ९६.१४ अंकले बढेको छ ।

टिप्पणीहरू