याे वर्ष साल्ट ट्रेडिङको मुनाफा गुलियो होइन नुनिलो

याे वर्ष साल्ट ट्रेडिङको मुनाफा गुलियो होइन नुनिलो

साल्ट ट्रेडिङ कर्पोरेशनको चालु आर्थिको वर्षको पहिलो तीन महिनाको नाफामा झण्डै ६५ प्रतिशतले कमी आएको छ । आज जारी कर्पोरेशनको त्रयमासिक रिपोर्टमा अघिल्लो वर्षको अवधिभन्दा यो वर्ष ६४ दशमलव ९४ प्रतिशतले कम नाफा कम भएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रयमासमा ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३९ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

यो वर्ष बिक्रीबाट हुने आम्दानी पनि ३० दशमलव ६० प्रतिशतबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको कम्पनीले जनाएको छ । गत कर्पोरेशनले बिक्रीबाट २ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

साल्ट ट्रेडिङको चुक्ता पुँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ छ । उसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ४ सय ४९ रुपैयाँ ६६ पैसा रहेको छ ।

टिप्पणीहरू