केपीका मन्त्रीको २० लाखे काण्ड

केपीका मन्त्रीको २० लाखे काण्ड

केपी ओलीले प्रधानमन्त्री छँदा मन्त्रालय, सरकारी कार्यालयको चोटाकोठा र भ¥याङमा ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार सहन्न’ लेखिएका पोष्टर टाँस्न भ्याए । तर, यतिबेला उनकै एक जना मन्त्रीले पैसा बुझेको अडियो र भिडियो छताछुल्ल हुनै लागेको छ ।

केपीका नाममा सहयोगीहरूले गरेका अनियमितताले सात खत माफ पाए । त्यसको एउटा उदाहरण हुन्, पदम मैनाली । जो यसअघिका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र सचिव रमेश सिंहका कारण अन्यायमा परेका थिए । झण्डै ९ महिना लामो प्रतिक्षा र धैर्यता पछि उनले न्याय पाएका छन् ।

तत्कालीन भवन विभागका महानिर्देशक मणिराम गेलाल सचिवमा उक्लिएसँगै विभाग दुई महिनासम्म रिक्त राखियो । महानिर्देशकका लागि प्रवल दावेदार थिए सिनियर सहसचिव पदम मैनाली । काभ्रेली, गोकुल बाँस्कोटाका जिल्लावासीलाई । कृष्णगोपाल श्रेष्ठ शहरी विकासमन्त्री हुँदा विभागको महानिर्देशक बनाइने नाममा नगदमा कारोबार भयो, २० लाख ।

न भनेजस्तो काम भयो, न त पैसा नै फिर्ता भयो । कृष्णगोपाल एमालेको बागमतीका इञ्चार्ज । बेदाग मानिस भनिन्थे । उनैले नगद बुझेको दृश्य पदमले रेकर्ड गर्न भ्याएछन् । अडियो, भिडियो उनीसँग सुरक्षित छ ।

०७७ माघ दोस्रो साता वरीयतालाई मिचेर तेस्रो नम्बरका नवराज प्याकुरेललाई विभागको महानिर्देशक बनाइयो । पहिलो दावेदार थिए पदम, दोस्रोमा रामचन्द्र दंगाल । मन्त्री श्रेष्ठ र सचिव रमेश सिंहको जोडबलमा तेस्रो वरीयताका नवराज प्याकुरेललाई डिजी बनाएर पठाइएको थियो ।

ओली नेतृत्वको सरकार ढलेर अहिले शहरी विकासमन्त्रीको जिम्मेवारी रामकुमारी झाँक्रीले पाइन् । झाँक्रीका अघि उनले आफूमाथि भएको अन्यायको पीडा पोखे । मन्त्री भाँक्रीले उनको पीडा साम्य पार्दै त्यहाँ पठाइन्, एक रुपैयाँको कारोबार नगरी । पदमसँग केही सीप नलागेपछि पदमा नपुग्दासम्म गोप्य नै राखे । अहिले त्यो अडियो र भिडियो महाधिवेशनको बेला छरपष्ट पार्ने भएका छन् ।

टिप्पणीहरू