घरबाटै गाँजा बेच्ने मुखिया समातिए

घरबाटै गाँजा बेच्ने मुखिया समातिए

सिराहामा गाँजा बेच्दै गरेको अवस्थामा एक पुरुष समातिएका छन् । आज बिहान साढे १० बजेको समयमा कर्जन्हाबाट अन्दाजी ३५ वर्षका पुरुष पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बलका अनुसार पक्राउ परेका दिनेश मुखियाले घरबाटै गाँजाको बिक्री वितरण गर्ने गरेको सुराकी पाइएको थियो । सोहीआधारमा मुखियालाई तीन किलो गाँजासहित आज सशस्त्र प्रहरीको टोलीले पक्रेको हो ।

उनले घरबाट लुकाई छिपाई गाँजाको कारोबार गरेको खुलेसँगै आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाइएको बताइएको छ ।

टिप्पणीहरू