सुदूरपश्चिम प्रदेशमा जात व्यवस्था उन्मूलन

सुदूरपश्चिम प्रदेशमा जात व्यवस्था उन्मूलन

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा जागरण एवं संगठनात्मक अभियान शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लामा हुन लागेको जागरण एवं संगठनात्मक अभियान मंसिर १२ गतेसम्म हुने बताइएको छ । अभियानको थालनी हिजो धनगढीमा भएको हो ।जातीय विभेदविरुद्ध छरिएर रहेका सम्पूर्ण न्यायप्रेमी, जातव्यवस्था विरोधी जनसमुदायलाई संगठनात्मक रुपले एकताबद्ध गर्न र विभेदविरुद्ध सक्रिय बनाउन जातव्यवस्था उन्मूलन जागरण एवम् संगठनात्मक अभियान–२०७८ सञ्चालन गरिएको मोर्चाको प्रदेश समितिले जनाएको छ ।

जागरण एवम् संगठनात्मक अभियानमा सम्पूर्ण न्यायप्रेमी, जात व्यवस्था विरोधी जनसमुदायलाई सुदूरपश्चिम प्रदेश समितिले सहभागिताको लागि आह्वान समेत गरेको छ ।

टिप्पणीहरू