भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा

भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । आज दिउँसो ३ बजे काठमाडौँमा विशेष पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

‘नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलको उम्मेदवारी सम्बन्धी विशेष पत्रकार सम्मेलनमा उपस्थितिको लागि सम्पूर्ण सञ्चारकर्मीहरुलाई हार्दिक आमन्त्रण गर्दछौ’, रावलको सचिवालयले पठाएको मेसेज निम्तोमा भनिएको छ ।

यसअघि रावलले गृहजिल्ला अछामबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । रावलले पदाधिकारीमा पूरै टीम बनाएर जानेगरि तयारी थालेको समेत बताइएको छ ।

नेकपा एमालेले आउने शुक्रबारदेखि चितवनमा महाधिवेशन गर्दैछ । आगामी नयाँ नेतृत्व चयनका लागि हुन लागेको महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली दोहोरिने तयारीमा हुनुहुन्छ । उहाँलाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी समेत थालिएको छ ।

तर, रावलको उम्मेदवारी घोषणाले सर्वसम्मत अध्यक्ष बनेर राष्ट्रिय राजनीतिमा आफू बलियो रहेको सन्देश दिने ओलीको चाहनामा धक्का लाग्ने बताइएको छ ।

टिप्पणीहरू