माधव नेपालको घरमै पुगेर ज्ञापनपत्र बुझाए

माधव नेपालको घरमै पुगेर ज्ञापनपत्र बुझाए

आज बिहान छ वटा विद्यार्थी संगठनहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उहाँको निवासमा पुगेर ज्ञापनपत्र बुझाएको छ । उनीहरुले पेट्रोलियम पदार्थ र अन्य खाद्यवस्तुमा गरिएको चर्को मूल्यवृद्धि फिर्ताको पहल गर्न ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यार्थी संगठनहरुमध्ये अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका प्रकाश शाही र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरको हस्ताक्षर रहेको ज्ञापनपत्र अध्यक्ष नेपाललाई बुझाइएको हो ।विद्यार्थी संगठनहरुले भनेका छन, ‘भारतबाट मात्रै ल्याइने प्रशोधित इन्धनमाथिको एकाधिकार अन्त्य गरि अन्तर्राष्ट्रिय बजारबाट प्रत्यक्ष रुपमा तेलजन्य कच्चा पदार्थ नेपालमा आयात हुने वातावरण तयार गरेर दीर्घकालीन रुपमा समस्याको समाधान खोज्दै जनताको जनजीविकालाई सहज बनाउन सत्ता साझेदार पार्टीहरु र सत्ता बाहिर रहेका पार्टीहरुबाट संयुक्त विद्यार्थी संगठनले महत्वपूर्ण भूमिकाको अपेक्षा गरेको छ ।’

टिप्पणीहरू