बाँकेमा २ संक्रमितको मृत्यु

बाँकेमा २ संक्रमितको मृत्यु

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङकी एक महिला र बाँकेका एक पुरुष हुन् ।

कात्तिक २१ गते अस्पताल भर्ना भएकी जिल्लाको गढवा गाउँपालिका–७, दाङकी ५० वर्षीया महिलाको आज बिहान ६ बजे मृत्य भएको अस्पतालले जनाएको छ ।

यस्तै कात्तिक २७ गते उक्त अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ५८ वर्षीय पुरुषको गए राति ११ बजे मृत्यु भएको हो ।

टिप्पणीहरू