केहीचाहिँ बाटोमै क¥याप्प

पुलिस आएको खबर पाएर नेताहरुको भागाभाग चल्यो, तर कतिपय बाटोमा झ्याप्पै समातिए ।

विप्लव नेतृत्वको नेकपा केन्द्रीय बैठक प्यूठानको सरुमारानी र अर्घाखाँचीे शीतगंगाको बनक्षेत्रमा बसिरहेको खबर पाएर प्रहरी सक्रिय भयो । सूचना थियो साउनको ६ देखि ८ सम्म त्यहाँ बैठक बस्दैछ । विगत १२ वर्षदेखि सुस्त हिसावले बसिरहेको प्रहरी प्रधान कार्यालयस्थित प्रतिआतंकवाद शाखा (विशेष व्यूरो) ले यसपछि राम्रै काम पायो । प्राप्त सूचनाकै आधारमा अर्घाखाँची, प्युठान, दाङ र कपिलवस्तुका प्रहरी परिचालित भए । र, प्रहरी घेरामा परियो भन्ने सूचना पाएर भाषण गर्दागर्दैका पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव) समेत फुत्त निस्किए ।

जिपिआरएस विधिबाट निगरानीमा परेका उनीहरु त्यहाँबाट उम्किएर कोही बुटवल, कोही गोरुसिंगे र केही सन्धिखर्क झरे भने केहीचाहिँ त्यतै नजिकका गाउँतिर सुरक्षित भए । एक किसिमले हेडक्वार्टरको सूचनाका आधारमा मान्छे फेला पार्न प्यूठान, अर्घाखाँची र कपिलवस्तुका प्रहरी सफल भएनन् । तर, त्यही सूचनाका आधारमा काम गरिरहेको काठमाडौंको टोलीले काम देखाइदियो, नागढुंगामा । सूचना पाउनासाथ डिएसपी नवरत्न पौडेलको टोलीले नागढुंगादेखि चेकपोष्टसम्मको चेन बनायो । उनीहरुले लगातार केही व्यक्तिको जिपिआरएस ट्रयाक गरिरहेका थिए । यसका लागि रुपन्देहीका प्रहरी पनि सम्पर्कमै थिए । बुटवलबाट दुई दिनअघि गाडी चढेर काठमाडौं हिँडेका विप्लव समूहका नेताहरुले प्रहरीलाई झुक्याउन बाटोमा तीनचोटि बस फेरे । तर, यसो गर्दा पनि जोगिएनन् ।

थानकोट प्रहरीले पोलिट्व्युरो सदस्य मोहन कार्की (जीवन्त) र कृष्ण धमला (गम्भीर) लाई शुक्रबार नागढुंगाबाट समातेर प्रहरी परिसर टेकुलाई बुझायो । त्यसैगरी पूर्वराज्यमन्त्रीसमेत रहेका पदम राई (विकास) पनि जेलमा छन् । असारको याममा बालाजुमा असारे काका भनेर चिनिने ईश्वरी दाहाल र भरत बमसहित ४५ जना समातिँदा उनी पनि परेका हुन् । अदालतले असारे काकालाई धरौटीमा रिहा गरेको छ । पदमलाई भने अदालतबाटै समातेर फेरि मोरङ पु¥याइएको छ । अर्का पिबिएम ओम पुन कैलाली र धनुषाका सिसिएम देवनारायण यादव पनि थुनिएका छन् । 

 

टिप्पणीहरू