टी–२० विश्वकप छनोट : सबै टोलीको टुंगो लाग्यो

टी–२० विश्वकप छनोट : सबै टोलीको टुंगो लाग्यो

सन् २०२२ मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने सबै देशको टुंगो लागेको छ । रुवाण्डामा भएको अफ्रिकन छनोटको बिजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बनेपछि क्वालिफायर खेल्ने १६ टोलीको टुंगो लागेको हो ।

टी–२० विश्वकपका लागि अर्को वर्षको फेब्रुअरी र मे महिनामा हुने ग्लोबल क्वालिफायरका लागि १६ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइने आईसीसीले जनाएको छ । दुबै समूहबाट शीर्ष २–२ टिमले अर्को वर्ष अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

ग्लोबल क्वालिफायरमा नेपाललगायत टी–२० को माथिल्लो वरियतामा रहेका तर विश्वकपमा छनोट नभएका युएई, सिंगापुर र जिम्बावे तथा टी–२० विश्वकपको अन्तिम चारमा रहेका आयरल्याण्ड, नेदरल्याण्ड्स, ओमान र पपुवान्युगिनी सिधै ग्लोबल क्वालिफायरमा पुगेका छन् । बहराइन, हङकङ, फिलिपिन्स, जर्सी, जर्मनी, अमेरिका र क्यानाडा छनोट चरण पार गर्दै ग्लोबल क्वालिफायरमा पुगेको आईसीसीले बताएको छ ।

टिप्पणीहरू