दाङमा बस दुर्घटना, २९ जना घाइते

दाङमा बस दुर्घटना, २९ जना घाइते

दाङको लमहीमा भएको बस दुर्घटनामा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस लमहीमा दुर्घटनामा परेको हो । कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही ३, नारायणपुरमा दुर्घटनाग्रस्त भएको हो ।

गुडिरहेको बसको फलामको पट्टा भाँचिएपछि बस सडकमै दुर्घटनाग्रस्त भएको बताइएको छ । अधिकांश घाइतेको स्थानीय लमही अस्पतालमा उपचार गरिएको छ ।

केही सिकिस्त घाइतेलाई थप उपचारको निम्ति कोहलपुर पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू