हिजो साँझ काठमाडौंका सम्पदालाई किन नीलो बनाइयो ? (फोटो फिचर)

हिजो साँझ काठमाडौंका सम्पदालाई किन नीलो बनाइयो ? (फोटो फिचर)

हिजो अन्तर्राष्ट्रिय बाल दिवस । सो अवसरमा शनिबार साँझ काठमाडौंका केही सम्पदालाई नीलो बनाइएको थियो । फ्ल्याशलाइटको प्रयोग गरेर केही सम्पदामा नीलो प्रकाश छाडिएको हो । हिजो रानीपोखरीको बालगोपालेश्वर मन्दिर र सुनधारास्थित धरहरामा नीलो प्रकाश छाडिएको थियो ।

२०७२ को महाभुकम्पले ध्वस्त बनाएको धरहराको भर्खरै ठडिएको नयाँ स्तम्भको शिलान्यास पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ गर्नुभएको थियो । जबकी धरहरा स्तम्भको निर्माण अझै २० प्रतिशत र बाहिरी भागको ५० प्रतिशत निर्माण कार्य बाँकी नै छ ।

महिला तथा बालबालिका मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युरोपेली युनियन तथा युनिसेफले आयोजना गरेको हिजोको नीलो प्रकाश कार्यक्रममा धरहराको भित्तोमा बालदिवस झल्काउने तस्बिर समेत प्रदर्शन गरिएको थियो ।

 

टिप्पणीहरू