​वर्ष छ, अब ता जाने ल

वातावरण मन्त्रालयबाट स्थानीय विकासमा सरुवा भएका नारायणबहादुर विष्ट २०६९ जेठमा टीकापुर नगरपालिकाको कार्यकारी अधिकृत भए । निरक्षर सेवाग्राहीसँग समेत अंगे्रजीमा कुरा गर्ने रवाफ त छँदै छ । मदिराका पारखी विष्टलाई कार्यालयका हरेक काममा नगदको अपेक्षा गर्ने लत नै बसिसकेको छ । यही व्यवहारले स्थानीय विकासमा आएको ६ वर्षभित्र १० कार्यालयमा सरुवा भएका छन् ।

१७ महिनामा कामै गर्न नसक्ने अवस्था आएपछि मन्त्रालय फर्केका थिए । त्यसपछि शेरबहादुर देउवाको जिल्ला डडेलधुराको अमरगढी गए । त्यताबाट कैलालीको घोडाघोडी र त्यसपछि लम्कीचुहा नगरपालिका पुगेका विष्ट त्यहाँबाट पनि २४ घण्टे स्पष्टीकरणमा परी फेरि मन्त्रालय तानिए । 

०७३ मा कैलालीकै अत्तरिया (हाल गोदावरी) नगरपालिका सरुवा भएका उनी त्यसपछि केही समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हँुदै फेरि कैलालीकै भजनी नगरपालिका पुगेका हुन् । हाल जोशीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका विष्ट आमनागरिकले थाह पाउने गरी आर्थिक अनियमिततामा मुछिएका छन् । 

एउटै कार्यक्रममा जाँदा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत फरक–फरक गाडी भाडामा लिने गरेका छन् भने एकै दिन ३ वटा गाडीसम्म भाडामा लिने गरेको, स्थानीय होटलमै कार्यक्रम गर्दा हलभाडाको मात्रै दैनिक १० को बिल राख्ने गरेको, खानाको प्रतिछाक ७ सयसम्मको बिल लिने गरेको स्थानीय बताउँछन् । सडक ग्राभेल गर्दा दुवैतिरबाट माटो उठाई पुरेको तर पर्याप्त ग्राभेल नहाल्दा किनारभन्दा सडकको बीचभाग गहिरो रहेको अवस्थामा पनि सडक पास भएको भन्दै स्थानीय चन्द्रप्रकाश चौधरीको संयोजकत्वमा ९५ सदस्यीय नागरिक समाज गठन भएको घोषणा गरेका छन् । प्रमुख अधिकृत विष्टले मात्रै उपभोग गरेको गाडी, भ्रमण भत्ता, अतिथि सत्कार, पानीको बिल एक आर्थिक वर्षमा पौने करोडको नजिक पुगेको स्थानीयको आशंका छ । उनले हरेक कार्यक्रमको भुक्तानीमा रकम माग्ने गरेकाले पनि स्थानीय आक्रोशित भएका हुन् । उनको माग कुनै–कनै कार्यक्रममा ५० प्रतिशतसम्म हुने गरेको छ ।

जोगी अध्यक्ष बने भोगी

जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी कण्ठीधारी भगत हुन् । वैष्णव धर्म मान्ने उनले प्रमुख प्रशासकीय अधिकृत विष्टसँग भेट भएपछि कण्ठी तोडेका छन् । उनले मदिरा र रक्सी फेरि खान शुरु गरेका छन् भने एक जना कार्यपालिका सदस्यसँग लुकिछिपी सम्बन्ध राख्न थालेपछि बिहे नै गराइदिएका छन् । अध्यक्ष चौधरी आफू सोझो चिताएरै काम गर्ने व्यक्ति भए पनि प्रमुख अधिकृतको फन्दामा परेको आफन्तसँग बताउन थालेका छन् ।

ज्वाइँ पत्रकारको रजाइँ

जहाँजहाँ नारायण विष्ट त्यहाँत्यहाँ टीकापुरका पत्रकार पदम सापकोटा पुग्न थालेका छन् । कैलालीका १३ मध्ये ६ वटा स्थानीय तह चहारिसकेका विष्टले पत्रकार सापकोटालाई ज्वाइँ भन्दै चिनाउँछन् । खासगरी टेण्डर गोप्य रूपमा प्रकाशन गरिराख्ने र बिल मिलाउने काममा सहयोगीका रूपमा उनको पत्रिकालाई प्रयोग गर्छन् । जोशीपुर गाउँपालिकाले गरेको स्थानीय विज्ञापनमध्ये करिब ९० प्रतिशत भुक्तानी एउटै पत्रिकालाई दिएको बताइन्छ । यो रकम ५ लाखभन्दा बढी हुन सक्छ ।

पहिलेकी श्रीमतीको दाइजोमा आएको जग्गा बैंकमा धितो राखी आफ्नै नाममा किन्ने र श्रीमतीलाई अरूसँग लागेको बात लगाउँदै सम्बन्धविच्छेद गराई जग्गा लिलाम गराएका पत्रकार सापकोटा विभिन्न काण्डमा मुछिएका छन् । असल शासन क्लबका नाममा शिक्षा तथा खेलकुद मन्त्रालयबाट टीकापुरमा रंगशाला बनाउने भन्दै २२ लाख रुपैयाँ ल्याएका सापकोटाले दुई पिल्लरे २ वटा गेट मात्र बनाई पैसा सकेपछि वर्षौंसम्म अख्तियारको तारिख धाउँदै छन् । बुबाआमाको नामको जग्गासमेत आफ्नो नाममा लिई आफू टीकापुर नगरपालिका–२ मा बस्छन् भने बाबुआमालाई वीरेन्द्र विद्यामन्दिरको जग्गामा रहेको बाढीपीडित शिविरमा राखेका छन् ।

पछिल्लो समय सालीको घरबारसमेत बिगारेको आरोप लागेको छ । साँढुभाइ विदेश हँुदै यहाँ सालीका ससुरासँग मोलमोलाइ गरी पैसा लिएर छोडपत्र गराउन सफल भएको आरोप उनीमाथि छ ।

– चाँदनी बिष्ट, भजनी (कैलाली)

टिप्पणीहरू