माओवादी धादिङको अधिकांश वडामा सर्वसम्मत, आधा दर्जनमा प्रयास

माओवादी धादिङको अधिकांश वडामा सर्वसम्मत, आधा दर्जनमा प्रयास

नेकपा माओवादी केन्द्र धादिङले जिल्लाका ९७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । आज साँझसम्म नीलकण्ठ, नेत्रावती, धुनिबेसी, थाक्रे, बेनिघाट, ज्वालामुखी, गंगाजमुना गरि ७ वटा पालिकाका सबै वडामा नयाँ नेतृत्व चयन गरेको हो ।

जिल्लाका १ सय ४ वडामध्ये ७ वटा वडामा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहेको बताइन्छ । गजुरी– ४, सिद्धलेक–४, गल्छी–७, त्रिपुरासुन्दरी–५ र रुबिभ्याली–१ नम्बर वडामा सर्वसम्मतको निम्ति छलफल जारी रहेको जिल्ला संयोजक विजय बुर्लाकोटीले बताएका छन् ।

खनियाबास–४ र त्रिपुरासुन्दरी–१ मा पनि आजै अबेरसम्ममा नेतृत्व चयन हुने बुर्लाकोटीले जानकारी दिए । अधिवेशन सम्पन्न सबै वडामा सर्वसम्मत कमिटी गठन भएको माओवादी केन्द्रले जनाएको छ ।

नीलकण्ठ नगर अध्यक्ष दिपक विश्वकर्माका अनुसार ती सबैमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सहसचिव १, कोषाध्यक्ष १ गरी २९ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।

टिप्पणीहरू