​भन्ने मात्रै त हो नि रोल्पा

रोल्पा, रुकुम, सल्यान, प्युठान, दाङ जिल्ला भएर राप्ती अञ्चल बनेको हो । रोल्पालीको व्यापारिक केन्द्र घोराही हो भने सल्यान र पश्चिम रोल्पाको चाहिँ तुल्सीपुर । जमानादेखि रोल्पाली पैदल यात्रा गरी कोइलाबास पुग्थे । नुनतेल लिएर फर्कंदा ५/७ दिन लाग्थ्यो । 

०२८ सालमा रोल्पा दुव्रिङ गाविसका प्रधान कृष्णबहादुर चन्द र बुढागाउँका शालिकराम वलीको पहलमा जनश्रमदानबाट मसिना, दुव्रिङ, सखी, झेनाम, नुवागाउँ, दुविडाँडा गाविसहरूले बाटो खनेका हुन् । ०३६ सालमा जिल्ला हेरफेर भएपछि ०३८/३९ सालदेखि जिल्ला पञ्चायतका सभापति अमृतबहादुर घर्तीको पहलमा दुईखोली हुँदै कोइलाखानीसम्म खाद्य कार्यक्रमअन्तर्गत मोटरबाटो खन्न लगाइयो । जसनिम्ति प्रतिव्यक्ति १ लम्मर खाद्य चामल उपलब्ध गराइएको थियो । २०४६ सालदेखि सडक डिभिजन दाङले के, कति रकममा बाटो खन्यो, कुनै निकायलाई थाहा छैन । माओवादी जनयुद्ध शुरु भएपछि २०५७/५८ मा नुवागाउँ गाविस भवनदेखि गाङटिलासम्म जनुमक्ति सेनाले पनि बाटो खने । २०५१ सालमा नौमहिने एमाले सरकार हुँदा झण्डै एक करोड पचास लाख रूपैयाँ विनियोजन गरियो । 

गत वर्षदेखि दुईखोली होलेरीसम्म कालोपत्रे गर्ने काम शुरु भएको छ । बीचमा कतै पिच र कतै खाली छ । यता भने गाङटिलादेखि दारबोटसम्म तत्कालीन माओवादीहरूले जनताद्वारा बाटो खनाएका थिए । अहिले आएर त्यो बाटो रुकुम चुनबाङ लग्नुपर्नेमा घर्तीगाउँतिर मोडिएको छ । लिबाङबाट दाङ जान जम्मा दूरी ७० किमि छ । आजभोलि वर्षातको समय ठाउँठाउँमा पहिरो गई आगमन रोकिएको छ । २०२८ सालमा शुरु गरेको बाटो झण्डै ४० वर्ष बितिसकेको छ । कामले गति लिन सकेको छैन । नेता मन्त्रीहरू बढी भएको जिल्लााम सायद रोल्पा नै हो । यता माडीचौर पुलको दशा पनि उस्तै छ । 

टिप्पणीहरू