एमालेको निम्तो बोकेर को को पुगे बालुवाटार ?

एमालेको निम्तो बोकेर को को पुगे बालुवाटार ?

नेकपा एमालेले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई दशौं महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रूपमा आमन्त्रण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हिजो उहाँलाई निम्तो हस्तान्तरण गरिएको हो । निम्तो बोकेर संसदीय दलका उपनेता सुवास नेम्वाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराई पुग्नुभएको थियो ।

संयोजक डा. भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई समेत हिजै निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको बताइन्छ ।

बाँकी राजनीतिक दलका नेतालाई शनिवार र आइतवार निम्तो दिइने एमाले स्रोतले बताएको छ । महधिवेशन आगामी शुक्रवारदेखि आइतवारसम्म चितवनमा हुँदैछ ।

टिप्पणीहरू