प्रहरीको गस्ती गाडी सडकमा उत्तानो हुँदा २४ घाइते

प्रहरीको गस्ती गाडी सडकमा उत्तानो हुँदा २४ घाइते

प्रहरीको गस्ती गाडी उदयपुरमा दुर्घटनामा परेको छ । दुर्घटनामा २४ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।

प्रहरीको बा १ त २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका– ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा दुई दर्जन प्रहरी घाइते भएका हुन् । कटारीबाट गाईघाट आउँदै गरेको उक्त ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट–नेपालटार खण्डमा राति साढे ९ बजेतिर दुर्घटना भएको हो ।

ट्रक ओरालोमा ब्रेक फेल भएर पल्टिएको बताइएको छ । दुर्घटनामा तीन जना गम्भिर घाइते भएका छन् भने २१ जना सामान्य घाइते भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

बस्ती अगाडि दुर्घटना भएकाले स्थानीयबासीले उद्दार गरी घाइतेलाई जिल्ला अस्पताल गाईघाट पठाएको स्थानीय होमबहादुर बस्नेतले जानकारी दिएका छन् ।

टिप्पणीहरू