मध्यरातमा करुवा बनाउने ढलौट २ क्विण्टल चोरी

मध्यरातमा करुवा बनाउने ढलौट २ क्विण्टल चोरी

गत मंगलबार राति अन्दाजी १२ बजेको समयमा भक्तपुरको सल्लाघारीमा रहेको दुवाल आर्ट एण्ड हयाण्डिक्राफ्टमा चोरी भएको छ । दुई जना भारतीय पसेर उद्योगभित्र रहेका ढलौटका करुवा, करुवा बनाउन प्रयोग गरिने कच्चा पदार्थ गरि झण्डै २ सय केजी चोरी भएको हो ।

उनीहरुले ती सामान हिजो साँझ सिनामंगलस्थित एउटा कवाडीमा लगेर बिक्री गरेको पत्ता लागेपछि अहिले संलग्न चारै जना प्रहरीको खोरमा पुगेका छन् । राजु गिरी र बैंकट्स गिरीले भक्तपुरमा मध्यरातमा चोरी गरेका थिए ।

सिनामंगलका मुन्ना साहले उक्त चोरीको सामान किनेका थिए । उक्त कार्यमा मुन्ना साहको सहयोगीको रुपमा नारद साहले सबै प्रपञ्च मिलाएका थिए । अहिले त्यही अभियोगमा उनीहरु सबैलाई प्रहरीले पक्रेको हो ।

उनीहरुको साथबाट चोरिएको ढलौटको करुवा २९ केजी ५ सय ग्राम समेत बरामद भएको छ । साथै पानसको डण्डी ४७ के.जी., कच्चा पदार्थ ४८ के.जी., ढलौटको करुवाको मुख ७४ के.जी. पनि प्रहरीले कवाडी पसलबाट बरामद गरेको छ ।

उनीहरु सबैलाई आज भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिनको म्याद थपेर प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बढाएको बताइएको छ ।

टिप्पणीहरू