पत्नी थुपार्ने घर फिर्ता

कुनै बेला एमटी गणको ट्वाइसी भएका मेजर राजेश थापालाई सेनामा ड्राइभर भर्ना गर्दा करिब ४० लाख रुपैयाँ कमाउन सफल भएको पोल खुलेपछि सैनिक प्रहरीको हिरासतमा राखिएको छ । उनी बांगे चिफसापको पालामा गाडी मर्मत गर्ने कारखानाको हाकिम भई निकै कमाउन सफल कर्णेल केन्द्र थापाका छोरा हुन् । पुरानो गोरखगणका उनी जाँड÷रक्सीको निकै पारखी मानिन्छन् । उनलाई कालिमाटी, छाउनी, स्वयम्भू र डल्लु क्षेत्रका जनताले युनिफर्ममै बाटोमा ढलेको थुप्रैपटक देखिसकेका छन् । स्टाफ कलेजसमेत नगरेका उनी यही वर्ष रिटायर हुँदै थिए ।

यसैबीच सुडानस्थित युएन मिसनबाट दुईजनालाई यौनशोषण र दुव्र्यवहारको आरोपमा नेपाल फिर्ता ल्याइएको छ । उनीहरू कोर्टमार्शलमा परेका छन् ।

उता, प्लेब्वाइको नामले चिनिएका दुईतारे जर्नेल प्रह्लाद थापा रक्षा मन्त्रालयले म्याद नथपिदिएपछि रु“दै घर फर्केका छन् । दुई वर्ष म्याद थप्न सेनाले रक्षा मन्त्रालयमा सिफारिस गरे पनि फाइल थन्किएपछि स्टाफ कलेजबाट साउन ८ गते सरुवा भएको डिजिएमटी अफिसमा हाजिर हुनै नपाई उनले अवकाश पाएका हुन् । थुप्रै महिलासँग अन्तरंग सम्बन्ध राखेको, ब्यारेकमै यौन क्रियाकलाप गरेको, राजमार्गका होटल–होटलमा चहार्ने गरेको र चार–चारवटी श्रीमती राखेको लगायतका उजुरी उनीविरुद्ध परेका थिए । जेठी श्रीमती गुरुङसेनी एयरहोस्टेस हुँदाहुँदै माहिलीलाई सँगै लिएर हिँड्ने, साहिँली आफूभन्दा २१ वर्ष कान्छी बानेश्वरतिरको राणाकी छोरी र कान्छीलाई गोप्यरुपमा बाहिर डेरामा राखेको बताइन्छ । तिनै कान्छीले रक्षा मन्त्रालयमा उजुरी गरेको चर्चा छ । 

टिप्पणीहरू