एमालेमा ओलीको विकल्प छैन : योगेश भट्टराई

एमालेमा ओलीको विकल्प छैन : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः सर्वसम्मत चयन गर्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला प्रतिस्पर्धाले पार्टीलाई विभाजनको तहसम्म पु¥याएकाले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन हुनुपर्नेमा जोड दिए । भट्टराईले पार्टीमा समूहबन्दीको अवस्था आउन नदिन पनि सहमतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने धारणा राखेका छन् ।

‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ । त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ । मिसन के छ भने एमाले यस पटक सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने । किनकी हामीले आठौं महाधिवेशनमा खुला चुनाव गर्यौं । नवौंमा पनि खुला चुनाव गर्यौं ।

त्यो चुनावको अनेकौं असल पक्षहरु पनि थिए, नेतृत्वको चुनाव हुँदा, तर त्यसको कमजोरी पक्ष के रह्यो भने त्यसले पार्टीमा तलदेखि माथिसम्म समानान्तर विभाजनको अवस्था ल्यायो । समूहबन्दीको अवस्था ल्यायो’, उनले भने ।

भट्टराईले पार्टीभित्र विभिन्न विचार समूह भएको उल्लेख गर्दै महाधिवेशनले उनीहरु सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए ।

टिप्पणीहरू