शम्भु श्रेष्ठले मुद्दा जिते

शम्भु श्रेष्ठले मुद्दा जिते

दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले झण्डै १० वर्षअघिको मुद्दा जितेका छन् । साप्ताहिकमा छापिएको समाचारले मानहानी र अदालतको अवहेलना भएको भन्दै कृष्णमान सिंहले श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्दा आज उनको पक्षमा गएको हो ।

सिंहले दृष्टिमा छापिएको समाचारले आफ्नो मानहानी र अदालतको अवहेलना भएको भन्दै २०६९ कात्तिक १७ गते मुद्दा दायर गरेका थिए । ०६९ एमएस ००१२ नम्बरको मुद्दा आज न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश ढुंगानाको संयुक्त इजलासबाट टुंगिएको हो ।

मुद्दाका पक्ष सिंहले नियमानुसारको तारिख गुजारेका कारण उक्त रिट स्वतः तामेलीमा गएपछि मानहानी र अदालतको अवहेलना भएको भन्ने जिकीर स्वतः खारेज भएको छ ।

उक्त मुद्दाबारे जनआस्थाको जिज्ञासामा श्रेष्ठले भने, ‘तथ्यमा नटेकी लहैलहैमा रिट हाल्नेहरुको हालत यस्तै हुन्छ । मानहानी र अदालतको अवहेलना भयो भन्नेले नै तारिख गुजार्छ भने त्यसको पिँध स्वतः पुष्टी भएको छ ।’

श्रेष्ठ हालै गठित समाजवादी प्रेस संगठनका अध्यक्ष हुन् ।

टिप्पणीहरू