आज ३ सय संक्रमित हुँदा ५ बिते

आज ३ सय संक्रमित हुँदा ५ बिते

आज मुलुकभर दुई सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । सात हजार सात सय ७७ जनामा पीसीआर तथा एक हजार एक सय ९५ जनामा एन्टिजेन गरी ८ हजार नौ सय ७२ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, आज तीन सय ६९ जना संक्रमणमुक्त भएका छन् भने पाँच जनाले संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । मुलुकभर अझै सात हजार पाँच सय ४९ जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ९४ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत देखिएको छ ।

हाल काठमाडौंमा पाँच सय ५९ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७० र ललितपुरमा पाँच सय ६७ जना संक्रमित रहेको बताइएको छ ।

टिप्पणीहरू