भयो त नेपाल खुल्ला दिसामुक्त मुलक ?

भयो त नेपाल खुल्ला दिसामुक्त मुलक ?

आज विश्व सौचालय दिवस हो । आजभन्दा दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले नेपाललाई खुल्ला दिसामुक्त देश घोषणा गरेको थियो । तर, आज पनि अन्यत्र होइन, राजधानीका प्रमुख चोक र सडकमा जताततै मानव मलमुत्र देख्न सकिन्छ ।

शौचालय र सरसफाइको अभावले मानव जीवनयापनमा पु¥याउने असरबारे जनचेतना फैलाउँदै यो दिवस मनाउने गरिएको छ । विश्वव्यापी दीगो विकासको लक्ष्यअन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य राखिएको छ । नेपाललाई २०७६ असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिएको हो ।

नेपाललाई सन् २०१७ सम्म खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइएको थियो । तर नेपालमा अझै पनि धेरै जनसंख्या शौचालयको पहुँच बाहिर छन् ।

बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर त्यसको व्यवस्थापन सही ढंगले हुन सकेको देखिँदैन । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखालालगायत संक्रमित रोगबाट हरेक वर्ष विश्वमा लाखौंको मृत्यु हुने गरेको छ ।

आवास र कार्यस्थलमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ । विश्व शौचालय दिवसले शौचालयको महत्वलाई दर्शाउने गरेको छ ।

यसले सुरक्षित रूपमा व्यवस्थित सरसफाइमा पहुँच बिना बाँचिरहेका साढे ४ अर्ब अर्थात विश्वका आधाभन्दा बढी मानिसलाई सचेत गराउने विश्वास लिइएको छ ।

टिप्पणीहरू