कहिल्यै भुल्न नहुने कुरा

  • महेन्द्रराज सिंह

‘भिनाजु खाना पस्कौं रु’ बिहानको अफिस सकेर डेरा फर्कनेबित्तिकै यो प्रश्न सुन्थें, अनि हो को शैलीमा टाउको हल्लाउँथें । 
तर, त्यो बिहान सवा ९ बजे पुग्दा, हातमा चियाको गिलाससहित सालो उभियो । 

टाउको कन्याउँदै बोल्यो, आज ब्युँझिँदा नै ८ : ५५ भएछ । ब्यँुझिनेबित्तिकै, पक्कै पनि ओछ्यान छाडेन होला । 
त्यो दिन कहीँ कार्यक्रम वा अन्त जानु थिएन, त्यही भएर खाना खान केही ढिलो भए पनि फरक परेन । पेटले पनि शनिबार केटाकेटीको छुट्टी हो भन्ने बुझिदिनुपर्ने भो । कहीँ जानु थियो भने त्यो बिहानको खाना छाड्नुपथ्र्यो । 

परीक्षाको अघिल्लो रात सालीनानी, नोट धुँइपत्ताल खोज्दै थिइन् । धन्न १०÷१५मिनेटमै भेटियो । त्यो १५ मिनेटको खोजाइ, हतारो, चिन्ता, डर आदि केले भरिएको अनुहार हेर्नलायक थियो । नोट भेटियो, ढुक्कले सुतिन्, नोट भेटिएको खुशीले सायद निद्रा बढी नै लाग्यो कि रु
जे भए पनि परीक्षा केन्द्रित पढाइ गर्नेहरूको नतिजा त राम्रो नआउने निश्चित भयो नि ! 

असारमास पानी पर्ने नै भयो । परीक्षा दिन हिँड्न हतार भइरहेका बेला सालीलाई फेरि छाताको टेन्सन । कहाँ राखें रु फेरि गुनगुन । दौडधुप । कार्यालयबाट फर्किएर छाता प्यासेजमै सुकोस् भनी छाडेको थिएँ । त्यो छाताले काम चलाउँछु भनेर सोचिनन्, मेरो छाता लैजान्छु भनेर सोधिनन् पनि । छाता सुकेपछि पट्याएर राखें ।

माथिका उदाहरण सामान्य हुन् । तर, यो अव्यवस्थाको पराकाष्ठा हो । परीक्षाको अघिल्लो दिन मात्रै नोट खोजी गर्नु, परीक्षामा जाने बेला छाता खोजेर बस्नुपर्ने अवस्था आउनु । सानो समस्या होइन । यस्तो बेला आउने मानसिकता ठूलै हुन्छ । यी समस्याबाट मुक्त हुन केही गर्नै पर्दैन । कुन सामान कहाँ राख्ने र कुन बेला के गर्ने भन्ने थाहा पाउँदा पुग्छ अर्थात् अनुशासनमा बसे पुग्छ । आफैंले घोषित÷अघोषित, लिखित÷अलिखित रूपमा बनाएको डेली रुटिन फलो गरे पुग्छ । खाने, सुत्ने, पढ्ने सबै रुटिन हुनु जरुरी छ । जुन कुरा नियमित हुन्छ । त्यो सहज हुन्छ । जब मानिस अनियमित क्रियाकलाप गर्छ, त्यसले उसको जिन्दगी नै अस्तव्यस्त बनाइदिन्छ । अनियमित व्यवहारले रक्तचाप, निद्रा, पाचन प्रणालीलाई अनियमित बनाइदिन्छ । अन्नतः यसले मृत्युलाई नजिक ल्याउँछ । 

सामान्य मानिसको दैनिकी ओछ्यान छाडेदेखि शुरु हुन्छ । उठ्नेबित्तिकै ओछ्यान मिलाउने, शौचालय जाने, हातमुख धुने । शारीरिक अभ्यास गर्नु छ भने गर्ने । चिया, नास्ता गर्ने । पेशाअनुसार कर्म शुरु गरिहाल्ने । चाँडै ओछ्यानमा पुगेर निदाउने, चाँडै ब्युँझिने । बस् यत्ति त हो, दैनिकी । सधैं उही रुटिन पछ्याउने, इमानदारीसाथ । आत्मानुशासनसाथ ।

बिहान सबेरै उठ्नेबित्तिकै दिसापिसाब नगरे के हुन्छ रु तपार्इं काठमाडौंको व्यस्त दैनिकीमा हुनुहुन्छ । शौचालय नभेटियोस् । जवाफ त्यहीँ भेटिन्छ । कतै लामो यात्रामा निस्कनुस् । शहरको बीचमा लामो जाम परोस् अनि त्यो बेलामा पनि जवाफ भेटिन्छ । वैदेशिक यात्रामा निस्कँदा, शौचालय बस्नुपर्दा जहाज छुटोस् अनि त्यहाँ पनि जवाफ भेटिन्छ । यस्ता जवाफ भेटिने घटना अनेकौं हुन्छन् । शौचालय जाने एउटा सामान्य कुरालाई व्यवस्थित नबनाउँदाका असर यत्ति धेरै हुन्छन् भने अन्य कुराको पनि तर असर हुन्छन् । 

मेरा एक जना सहकर्मी छन्, दिनहुँ कलम हरायो भन्दै गनगन गर्ने । आखिर कलम हराएको हुँदै होइन । राखेको ठाउँ बिर्सिएको मात्रै हो । कहाँ राख्ने र कहाँ राखें भन्ने ठेगान नहुँदा त्यस्तो भएको हो । पत्रकारले कलमको सही व्यवस्थापन गर्न सक्दैन भने अरू कुराको के गर्ला ?

मानिसका अनेकौं आदत हुन्छन् । जो कहिल्यै शौचालयमा दिसापिसाब गरेपछि पानी हाल्दैनन् । निस्किएपछि शौचालयको ढोका ह्यांग छाडेर हिँड्छन् । यसले उसलाई तत्काल केही हानि त नहोला । उसको मूल्यांकन त भइरहेको हुन्छ नि १ शौचालयको ढोका लगाउन बिर्सनेहरूले आफ्नो प्यान्टको जिपर लगाउनचाहिँ किन बिर्संदैनन् ?

अर्काथरी मान्छे पनि भेटिन्छन् जो बिर्को लगाउन कहिल्यै सम्झँदैनन् । यो प्रवृत्तिका मानिसले अरूलाई त हैरान पार्छन् नै आफूलाई पनि ठूलो नोक्सानी हुन्छ । बिर्को नलगाई तेल, पानी, दूधको बोतल राख्दा के होला १ पोखिएर लुगा भिज्ला । पोखिएर भुइँ भिज्ला, त्यहीमाथि लडेर टाउको फुट्ला, ढाड भाँचिएला के गर्ने रु यी मान्छेले मुखमा पनि बिर्को लगाउन जान्दैनन् । यसले पनि निकै ठूलो मूल्य चुकाउनु परिरहेको हुन्छ । नत्र किन उखान बन्थ्यो, थुतुनो र।।।।जोगाउनुपर्छ ।

अर्को पनि बानी हुन्छ, मानिसको । चिया नभई ओछ्यान नछाड्ने, चिया खाएपछि भाँडा भान्छासम्म पु¥याउन कहिल्यै नसक्ने अर्थात् जहाँ खायो त्यहीँ छाड्ने । यस्ता मानिसका ओछ्यानमा र सिरानीमुनि चाउचाउ, चकलेटका खोल भेटिनु सामान्य हो । कहिलेकाहीँ त चुइगम नै भेटिँदा पनि अन्यथा मान्न पाइन्न । 

कहिलेकाहीँ एकै प्रकृतिको स्वभावको मिलनले पनि समस्या पर्छ । तैं रानी मै रानी, कसले भर्ने कुवाको पानीले पनि समस्या पार्छ । कहिलेकाहीँ सम्मान गर्ने नाममा पनि समस्या हुन्छ । मधेसमा एक समय गाडी चढ्ने विषयमा सम्धी पहिले हैन, सम्धीपहिले भन्दाभन्दै गाडी छुटेको किस्सा सुनिएकै हो ।

साथीहरू भन्थे– तपार्इं कति लेख्न भ्याउनुहुन्छ तर लाग्थ्यो मैले केही लेखेकै छैन । किन त्यस्तो हुन्थ्यो भने मैले दिनको एक हजार शब्द लेख्ने प्रतिबद्धता गरेको थिएँ । एक महिनाजति त्यो प्रतिबद्धता पालना गरँे पनि । त्यो समयमा धेरै लेखिएजस्तो लाग्यो, साथीहरूलाई । लेखेर पठाएको लेख छापिएन, विज्ञापन पाएसम्म लेख छाप्ने भन्ने हुँदैन पत्रिकालाई । पहिले छापिएका लेखको पैसा दिन नसकेपछि साथीहरूले लेख भन्न पनि छाडे । अनि लेख्ने क्रम पातलियो । कत्ति छिट्टै हामी आफ्नो प्रतिबद्धता भुल्छौं । बाहिरी घटनाक्रमले आफ्नो प्रतिबद्धताबाट विचलित हुन्छौं । 

किन, व्यवस्थित हुँदैनौँ हामी ?

यस्तै सिक्यौं, यस्तै जान्यौं । जवाफ सजिलो छ । नयाँ साथी आउने दिन कोठा सफा गर्छौं । दसैं–तिहार आउँदा घर आँगन सफा गर्छौं । कतै ठूलो कार्यक्रममा जानुपर्ने भयो भने आफूलाई विशेष समय दिएर टिपटप राख्छौं । यी सबै कामका लागि दैनिक १०÷१५ मिनेट दिए पुग्छ । तर, त्यसो गरिन्न । 

विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुख आउँदा राज्यका निकायलाई तातो लाग्छ । सबका सब निद्राबाट ब्यँुझन्छन् । धेरै टाढा नजाऔं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र नेपालले सम्मेलन आयोजना गर्दाको काठमाडौंलाई हेर्दा हुन्छ । एउटा सामान्य वा वरिष्ठ नेपालीको घर नै हेरौं । परिवारको कुनै सदस्यको विवाहको एक साताअघिको घर र एक हप्तापछिको घर । दृश्य आफैं बोल्छ । 

जो मानिस सफल भएका छन् । व्यक्तिगत जीवनमा होस् या व्यावसायिक जीवनमा त्यसको पछाडिको कारण भनेको उसले आफ्नो दैनिकीलाई व्यवस्थित बनाएरै हो । जसको दैनिकी व्यवस्थित हुन्छ उसको जिन्दगी पनि व्यवस्थित भएकै हुन्छ । 

टिप्पणीहरू