अमेरिकी सहायक विदेशमन्त्रीलाई प्रचण्डको जवाफ, एमसीसीप्रति आशंका छ !

अमेरिकी सहायक विदेशमन्त्रीलाई प्रचण्डको जवाफ, एमसीसीप्रति आशंका छ !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी अनुदानसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे नेपालमा केही आशंका रहेकाले त्यसलाई प्रष्ट पार्नु आवश्यक रहेको बताउनुभएको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको आज भएको भेटवार्तामा उहाँले यस्तो बताउनुभएको हो ।

भेटवार्तामा विदेशमन्त्री लुले एमसीसीबारे छिटो निर्णयमा पुग्न आग्रह गरेपछि प्रचण्डले एमसीसीमा उल्लेखित केही प्रावधानका कारण विवादित बनेकाले पहिले त्यसबारे प्रष्ट हुनुपर्ने बताउनुभएको उहाँको सचिवालयले बताएको छ । एमसीसीबारे सबै पक्षको साझा समझदारी बनाउने प्रयास भइरहेको पनि प्रचन्डले विदेशमन्त्री लुलाई जानकारी गराउनुभएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहेका विदेशमन्त्री लुले आजै एमाले अध्यक्ष केपी ओलीसंग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँ बुधबार नेपाल आइपुग्नुभएको हो ।

टिप्पणीहरू